• २ असोज २०८३, शुक्रबार
  • ५ः४८ बेलुका

के तपाई आफ्ना बालबालिकाहरुलाई घरमै पढाउन चाहनुहुन्छ ?

प्रकाशित मिति

२०७७ बैशाख ३० गते, मंगलवार १२:२८

लक्ष्मण प्रसाद खतिवडा

National Life

काठमाण्डौं । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले लामो समय लकडाउनका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भैरहेको वर्तमान अवस्थामा पठनपाठनलाई केही भएपनि सहयोग पुगोस् भनी अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाइ चौतारी सञ्चालनमा ल्याएको छ ।

कक्षा १ देखि १० सम्मका विविध विषयहरु यसमा समेटिएकाले विभिन्न भिडियो सामग्रीमार्फत अध्ययन गरी अभ्यास गर्न समेत सकिने भएकोले विद्यार्थीहरुको लागि यो अध्ययन सामग्री उपयुक्त देखिन्छ । यसका साथै अङ्ग्रेजी र नेपाली दुबै माध्यममा राखिएका पाठ्य सामग्रीहरुले सबै विद्यार्थीहरुलाई केही हदसम्म सहयोग पुग्ने देखिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सिकाइ चौतारीमा पुगी अध्ययन गर्न http://learning.cehrd.gov.np/  क्लिक गरी अनलाइन सिकाइ चौतारीमा प्रवेश गर्न सकिन्छ । त्यसपछि माध्यम भाषा छान्दै कक्षा र विषय छानी सहजै अध्ययन गर्न सकिनेछ । अब अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई इन्टरनेटको माध्यमबाट पढाउन सक्नुहुनेछ ।

प्रतिकृया