प्रदेश १ को बजेट अधिवेशन १३ जेठमा आह्वान गर्ने तयारी
प्रकाशित मिति
२०७७ बैशाख ३० गते, मंगलवार ०१:२१
विराटनगर, प्रदेश नं. १ को वर्षे अधिवेशन (बजेट अधिवेशन) आगामी जेठ १३ गते आह्वान गर्ने तयारी भएको छ । हालको बैठक कक्ष साँघुरो भएकाले सामाजिक दुरी कसरी कायम गराउने भन्ने समस्या आइपरेको छ । सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन सुरु गर्ने विषयमा मुख्यमन्त्री शेरधन राईसहित सरकारका मन्त्री, प्रमुख विपक्षी दलका नेता र सत्तारुढ दलका नेताहरुसँग छलफल गर्नु भएको छ । उहाँहरुले रायअनुसार वर्षे अधिवेशन आगामी जेठ १३ गते बस्ने गरी आवश्यक तयारी भइरहेको सभामुख भण्डारीले जानकारी दिनुभयो ।
‘आगामी जेठ १६ गतेभित्र बजेटको पूर्व छलफल सक्नुपर्ने बाध्यतामा हामी रहेका छौं,’ सभामुख भण्डारीले भन्नुभयो, ‘त्यसका लागि आवश्यक समय र तयारीका लागि १३ जेठमा अधिवेशन आह्वान गर्ने निष्कर्षसहित आवश्यक तयारी थालेका छौ ।’ असार एक गतेसम्म प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले १५ देखि २५ जेठसम्म बजेटमाथि प्रदेश सभामा छलफल गर्ने कार्यसूची छ ।





प्रतिकृया