• २ असोज २०८३, शुक्रबार
  • २ः४५ दिउँसो

सिन्धुपाल्चोकमा विद्यार्थीहरुका लागि घर–घरमै पुगेर किताब वितरण

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०६:०४

 

National Life

चौतारा। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ का विद्यार्थीलाई गाउँ तथा घर–घरमै पुगेर किताब वितरण गरिएको छ ।

वडा शिक्षा समितिको निर्णय अनुसार विद्यालयहरुले वडाका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको घर–घरमै गएर शनिबारबाट किताब वितरण सुरु गरेको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

वडामा ८ विद्यालयमा ६ सय विद्यार्थी अध्यनरत छन् । विद्यालयले पुस्तकहरु किनेर गाडी लिइ गाउँ गाउँ पुगेर किताब वितरण गरेको हो । विद्यालयले अहिले आफैंले पुस्तक खरिद गरे पनि पछि सरकारले अनुदान दिएपछि शोधभर्ना गरिने रिसालले जानकारी दिए ।

भर्ना संख्याका आधारमा पुस्तक वितरण गरिएका रिसालले जानकारी दिए । १ देखि १० सम्म स्वत भर्ना गरिएको ६ र ९ को हकमा भने अन्य विद्यालयबाट आउनेले सम्बन्धित विद्यालयको सबै तथ्याङ्क ल्याएर भर्ना गरिएको थियो ।

त्यस्तै घरघरमा पुगेर शिक्षण सिकाईको लागि समन्वय गरिने पनि उनले जानकारी दिए । सामाजिक दुरी कायम गरी घरघरमा गएर गृहकार्य दिने र परीक्षणको व्यवस्था गर्ने विषयमा छलफल गरिने उनले बताए ।

प्रतिकृया