भारतमा कोरोनाको संक्रमणबाट २ हजार १ सयभन्दा बढीको मृत्यु
प्रकाशित मिति
२०७७ बैशाख २८ गते, आईतवार ०६:०८
A woman wearing a mask to prevent contracting the coronavirus reacts as employees from a disinfection service company sanitize a traditional market in Seoul, South Korea, February 26, 2020. REUTERS/Kim Hong-Ji TPX IMAGES OF THE DAY
काठमाडौं भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ११३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ ।
उपचार गराइरहेका ४१ हजार ४०४ जनामध्ये १९ हजार ३०१ जना निको भएका छन् । कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतले मार्च २४ देखि लकडाउन जारी राखेको छ ।






प्रतिकृया