• २१ भदौ २०८३, आइतबार
  • १२ः०० दिउँसो

कैलालीमा राहत सँगै केरा वितरण

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार ११:१८

कैलाली, जिल्लाको जानकी गाउँपालिका–९ ले राहतसँगै केरा वितरण गर्न थालेको छ । गाउँपालिकाले खाद्यान्नसहितको राहत प्याकेजमा केरा उपलब्ध गराउन थालेको हो।

National Life

“किसानको उत्पादित केरा बारीमै सड्न थालेकाले स्थानीय केरा व्यवसायी खेमबहादुर चन्दको सहयोगमा राहतमा केरासमेत बाँड्न थालेका हौँ”, जानकी–९ का वडासचिव प्रेम बुढाले भने, “प्रतिव्यक्ति एक दर्जन केरा वितरण गरिरहेका छौँ।” वडा कार्यालयलाई केरा व्यवसायी चन्दले ३५० दर्जन केरा सहयोग गरेको छ।

व्यवसायी चन्दले केरा बारीमै सड्न थालेपछि विपन्न नागरिकलाई वितरण गर्छु भनेपछि राहत प्याकेजमै राखिदिएको वडासचिव बुढाले बताए। जानकी–९ की रेश्मा चौधरीले राहतसँगै केरा पाएकामा वडा कार्यालयलाई धन्यवाद दिए। “लकडाउनका कारण हामीले केरा किनेर खान पाएका छैनौँ”, रेश्माले भने, “वडाले चामल, दाल, तेल, नुनसँगै केरा पनि दिएको छ, खुशी लाग्यो।”

Classic Tech Desktop

वडा कार्यालयले पहिलो चरणमा २०४ र दोस्रो चरणमा १५० परिवारलाई राहत वितरण गरेको छ। केरा व्यवसायी चन्दले जानकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकका लागि पनि ३०० दर्जन केरा सहयोग गरेको छ। “खेर जानुभन्दा

विपन्नको पेट भरियोस् भनी सहयोग गरेको हुँ”, व्यवसायी चन्दले भने, “केराले बजार नपाएर बारीमै सड्न थालेका छन्।”

प्रतिकृया