• २१ भदौ २०८३, आइतबार
  • १ः३६ दिउँसो

पाकिस्तानमा थप १५ दिन लकडाउन बढाउने निर्णय

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार ११:४०

एजेन्सी, पाकिस्तानमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन १५ दिन थपिएको छ । पछिल्ला दिनहरुमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएपछि पाकिस्तानी सरकारले लकडाउन मे ९ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

National Life

शुक्रबार विकास तथा योजना निर्माणमन्त्री असद उमरले पाकिस्तानमा लकडाउन थप १५ दिन बढाउने निर्णय भएको बताए । उनले सबैलाई लकडाउन पूर्णरुपमा पालना गर्न आग्रह पनि गरेका छन् । उनले सबै मानिस जिम्मेवार नहुने हो भने लकडाउनमा थप कडाइ गरिने चेतावनी पनि दिएका छन् ।

हालसम्म पाकिस्तानमा कोरोनाबाट दुई सय ४८ जनाको मृत्यु भएको छ भने ११ हजार सात सय संक्रमित छन् ।

Classic Tech Desktop

प्रतिकृया