• २० भदौ २०८३, शनिबार
  • ८ः१९ बिहान

महोत्तरीमा बस दुर्घटना हुदा सहचालकको मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार ११:१६

काठमाडौं । लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरतर्फ जाँदै गरेको बस दुर्घटनाहुँदा एक जनाको ज्यान गएको छ ।

National Life

शनिबार विहान महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित सडकको घुम्तीमा बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दोलखाको तामाकोशी ३ घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका छन् । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेहरुको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया