• १९ भदौ २०८३, शुक्रबार
  • ३ः२९ राती

काठमाडौंका मस्जिदमा रहेका सबै जनामा कोरोनाको परीक्षण शुरु

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार १०:२०

रासस । सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबै जनामा कोरोना भाइरस परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौं स्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) शुरु गरिएको छ । उनका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ । काठमाडौँमा दुई जना रहेको अनुमान गरिएको छ ।

Kamana Sewa

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तिमध्ये तीन जना काठमाडौमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।

Classic Tech Desktop

प्रतिकृया