• २१ भदौ २०८३, आइतबार
  • ५ः४० बेलुका

पाथीभरा मन्दिरमा पाँच दिने अनुष्ठान सम्पन्न

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ११:४२

भक्तपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डु) स्थित पाथीभरा वैष्णोदेवी मन्दिरको सानिध्यतामा र द्वारकाधिश भगवानको प्राङ्गणमा नेपाल राष्ट्र तथा विश्व शान्तिको कामना गर्दै पाँच दिने अनुष्ठान सम्पन्न भएको छ ।

National Life

चैत १७ गतेदेखि शुरू भएको अनुष्ठानमा २२ गतेसम्म पाठ गरिएको र २३ गते दशाम्श हवन गरिएको थियो । प्रत्येक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म पाठ गर्ने गरिएको १०८ भागवत वाचक एवं प्रमुख संरक्षक अरबिन्द शास्त्रीले जानकारी दिनुभयो ।

उक्त पाठमा विष्णुसह्रानाम, भद्रसुक्त, सङ्कट मोचन स्त्रोत्र, बेदनका ऋचा, श्रीसुक्त भद्रसुक्त, देवीको आराधना स्तोत्र, सङ्कटस्त स्त्रोत , पाँच दिनसम्म पाठ गरी छैठो दिन प्रायचित्तको दशाङ्श हबन भएको थियो । अनुष्ठानमा सातजना गुरुहरु प. चक्रपाणी, कमललनयन , अभिनास, लोमस, गणेश ,बुध्दी, अरबिन्द लगायत गुरुहरु बाट पाठ गर्नुभएको थियो ।

Classic Tech Desktop

अनुष्ठान कार्यमा पाथीभरा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेत, गौ संरक्षण केन्द्रका केन्द्रीय सहकोषाध्यक्ष गणेश अधिकारी, गौ संरक्षण केन्द्र भक्तपुरका प्रतिनिधि, पाथीभरा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष शरद बस्नेत र स्वयम सेवक सुमन बस्नेतले आवश्यक समन्वय गर्नुभएको पाथीभरा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिकृया