• २० भदौ २०८३, शनिबार
  • २ः५४ दिउँसो

सूर्यविनायक नगरपालिका वडा नंं ७ मा व्यवस्थितरूपमा राहत सामाग्री वितरण

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ११:२९

भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डू) मा ४३५ जनाले राहत सामाग्री लिएका छन् । सरकारले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलनबाट रोक्नका लागि गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुरी गर्ने व्यक्तिका लागि राहत प्रदान गर्न सबै स्थानीय तहलाई आग्रह गरे अनुसार सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डू) ले उहाँहरुलाई राहत वितरण गरेको हो ।

National Life

सूर्यविनायक नगरपालिका वडा नं. ७ को चैत १७ गते वडा समितिको निर्णय अनुसार गठन भएको वडास्तरीय आपूर्ति समितिले दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने विपन्न परिवारलाई राहत माग गर्न सार्वजनिक सूचना जारी गरेको वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आपूर्ति समितिले लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्दै घरमै बसेर टेलिफोन मार्फत नामावली सङ्कलन गरेको थियो । उक्त नामावलीलाई वडा समितिले रुजु गरी ४८६ जनाको अन्तिम नामावलीमा गरिब विपन्न वर्ग राहत कार्ड बनाइ वितरण गरेको थियो ।

आपूर्ति समितिको २२ गते बसेको बैठकले ७ नं. वडाको साबिक ९ वटा टोलमा राहत केन्द्र स्थापना गरी उक्त प्रत्येक केन्द्रमा राहत वितरण व्यवस्थापक संयोजक तोकिएको थियो । उक्त समितिमा कालिका डाँडाँ केन्द्रमा रामभक्त श्रेष्ठ संयोजक, पिपलडाँडाँमा श्रीलाल तामाङ, तल्लो सिलामगालमा विराज तामाङ, चित्रबहादुर तामाङ र प्रमोद देउँजा, रातोपाटी केन्द्रमा अनिता बस्नेत, सुशील बस्नेत, तोकिनु भएको थियो । त्यस्तै रामभत्तेश्वर केन्द्रमा पुष्कर कार्की र पुष्प कार्की, साविक भीम स्कूल केन्द्रमा रामभक्त कुँरुङ, ज्योति मावि केन्द्रमा कृष्णलाल नेमाफुकी, साविक विष्णु स्कूल केन्द्रमा मिना नगरकोटी गुण्डू हेल्थपोष्ट केन्द्रमा मदन घिमिरेलाई संयोजक तोकि जिम्मेवारी प्रदान गरिएको थियो । उक्त कार्यमा गणेश वाग्ले, मनोज गिरी, सुमन परियार, उमेर बस्नेत ( बच्चुराम) नन्दु नगरकोटी, सुकुमान रम्मतेल माधव विष्ट, गीता बस्नेत र दिनेश थापाले राहत वितरण कार्यमा सहयोगी भूमिका निर्वाह गर्नुभएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

Classic Tech Desktop

उक्त राहत वितरण कार्यमा अनिवार्यरुपमा माक्स लगाउन, एक मिटरको दुरी कायम गर्नुपर्ने, भीडभाड गर्न नपाउने, सूचिकृत भन्दा बाहेका व्यक्तिहरु सहभागि हुन नपाउने नियमलाई पूर्णरुपमा कार्यान्वयनमा गरिएको थियो । राहत सामाग्री ढुवानी कार्यमा वीरदल गणबाट गणपति शिव पौडेलको तर्फबाट छ जना नेपाली सेनाका जवानसहित र सामान ढुवानी गाढी १, नगरप्रहरी सहित नगरपालिकाको गाढी १ र आपूर्ति समितिका सदस्य मनकराम थापाको व्यक्तिगत गाढीले टोलटोलमा सामान ढुवानी गरेको थियो । जनताको घरदैलोमै राहत सामाग्री पु¥याउने व्यवस्था गरिएकाले स्थानीयले खुशी व्यक्त गरेका थिए ।

रातो पार्टी केन्द्रमा राहत वितरण कार्यको शुभारम्भ गर्दै सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नतेले लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्ने, नियमितरुपमा साबुन पानीले हात धुने, माक्स प्रयोग गर्ने र भीडभाड नगर्न सहभागिहरुलाई आग्रह गर्नुभयो । सबै जना सचेत हुँदा कोरोना भाइरसबाट बच्च सक्ने कुरा उहाँले बताउनुभयो । गुण्डू स्वास्थ्य केन्द्रको राहत वितण कार्यमा सहभागि हुनु भएका नगर उपप्रमुख जुना बस्नेतले स्थानीय सरकारले गरिब मजदुरहरुलाई भोको नराख्ने भन्दै उहाँले जनताको घरदैलोमा राहत सामाग्री बोकेर आएको बताउनुभयो ।

वडाध्यक्ष सापकोटाले यस कार्यमा नामावली सङ्कलनदेखि वितरण कार्यसम्ममा सहयोग गर्नुहुने सम्पूर्ण महानभावलाई धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरस नेपालमा दोस्रो चरणमा प्रबेश गरेकाले यसलाई ख्याल ख्याल नसम्झी लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नुभयो । विरतण गरिएको राहत सामाग्रीमा चामल १० केजी, दाल १ केजी, नुन १ पाकेट, तेल १ लिटर, चिउरा डेढ केजी र साबुन एउटालाई एउटै पाकेट बनाइ वितरण गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । राहत वितरण कार्यमा एक हप्ता अघिदेखि वडाध्यक्ष सापकोटाका अलाबा, वडा सदस्य अर्जुन खतिवडा, कृष्णजित माकजु, लक्ष्मी परियार र वडा सचिव सूर्यबहादुर माँकजुले व्यवस्थापन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको जनाइएको छ ।

 

प्रतिकृया