मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी
प्रकाशित मिति
२०७६ चैत्र २४ गते, सोमबार १२:२०
काठमाडौं, कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि थप रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को अहिलेको अवस्था र अब अपनाउनुपर्ने सजगतालगायत विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठक संक्रमण फैलन नदिन लकडाउनको अवस्था, रोकथाम र उपचारका लागि भइरहेका तयारी तथा सरकारको आगामी कार्ययोजनामा केन्द्रित हुने बुझिइएको छ ।
सोमबारको बैठकले नै लकडाउन लम्बाउने कि के गर्ने भन्ने विषयमा पनि निर्णय गर्नेछ। बालुवाटार स्रोतका अनुसार जनस्तरबाटै लकडाउन अझै केही दिन लम्बाउनुपर्ने आवाज उठेकाले सरकारले अझै केही दिन थप्न सक्नेछ। सुदूरपश्चिम प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पनि लक डाउन लम्बाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

२२ चैतको बैठकले एक प्रदेशदेखि अर्को, एक जिल्लाबाट अर्को र एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्मको आवागमनमा नियन्त्रण गर्ने निर्णय गरेको थियो। यसअघि १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि थप गरेर २५ चैतसम्म लम्ब्याउने निर्णय गरेको थियो।



प्रतिकृया