• २१ भदौ २०८३, आइतबार
  • १२ः४७ राती

क्वाटरफाइनलबाटै बाहिरिए रियल मड्रिड र बार्सिलोना

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०१:३९

काठमाडौं । दुई स्पानिस जायन्ट क्लब बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । बिहीवार रती भएको खेलमा बार्सिलोना एथ्लेटिक विल्वाओसँग र रियल मड्रिड रियल सोसिडाडसँग पराजित भएको हो ।
एथ्लेटिक विल्वाओले घरेलु मैदानमा बार्सिलोनालाई १-० ले हरायो । निर्धा्रित ९० मिनेटको खेल गोलरहित बनेपछि थप गरिएको ६ मिनेटको इन्जुरी टाइममा विल्वाओले गोल गर्दै खेल जित्यो । इन्जुरी टाइमको तेस्रो मिनेटमा इबाई गोमेजको पासमा इनाकी विलियम्सले निर्णायक गोल गरे ।

National Life

यस्तै हाल स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको मड्रिड सोसिडाडसँग ४-३ ले पराजित भयो । रियलको घरेलु मैदानमा सोसिडाडले कुनै समय ३-० को अग्रता बनाएको थियो । रियलबाटै लोनमा गएका मार्टिन ओडेगार्डले २२ औं मिनेटमा सोसिडाडका लागि पहिलो गोल गरे । अलेक्जान्डर आइज्याकले ५४औं र ५६औं मिनेटमा गोल गरेपछि सोसिडाडले ३-० को अग्रता बनायो । रियलका लागि मार्सेलोले ५९औं मिनेटमा पहिलो गोल गरे ।

तर ६९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै सोसिडाडलाई ४-१ को अग्रता दिलाए । ८१औं मिनेटमा रोड्रिगोले रियलका लागि दोस्रो गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे । इन्जुरी टाइमको तेस्रो मिनेटमा नाचोले गोल गर्दै खेल ४-३ को वस्थामा र्पुयाए । तर रियलले हार टार्न सकेन । सोसिडाडका एन्डोनी गोरोसाबेल इन्जुरी टाइममा रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
बार्सिलोना र रियल नै पराजित भएपछि कोपा डेल रे मा २०१० पछि यी दुई ठूला क्लब फाइनलमा नहुने भएका छन् । २०१० मा सेभिया र एथ्लेटिको मड्रिड फाइनल पुगेका थिए । त्यसयता रियल र बार्सिलोनामध्ये कुनै एक क्लबले फाइनल खेल्दै आएका थिए । बार्सिलोना सर्वा्धिक ३० पटकको च्याम्पियन समेत हो ।

Classic Tech Desktop

प्रतिकृया