हलिउडमा स्थापित हुन प्रियंकालाइ निकको साथ
प्रकाशित मिति
२०७६ माघ १७ गते, शुक्रबार ०३:३५
एजेन्सी । हलिउड कलाकार रिचर्ड मेडेनसँग नयाँ सिरिजमा हालै मात्र अनुबन्धित भएकी बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय उतै स्थापित हुँदै छिन् । हलिउड कलाकार निक जोनससँग गत वर्ष दाम्पत्य सम्बन्धमा बाँधिएकी अभिनेत्री प्रियंका बिस्तारै हलिउडमै स्थापित हुँदै छिन् ।
अभिनेत्री प्रियंकाले हलिउडको फिल्म बेवाच, इजन्ट इज रोमान्टिकमा अभिनय गरिसकेकी छन् । उनले अमेरिकन सो क्वान्टिकोमा पनि काम गरिसकेकी छन् ।प्रियंकालाई हलिउडमा स्थापित गर्न निकले पनि साथ दिइरहेका छन् । यसैक्रममा निककै पहलमा अभिनेत्री प्रियंका हलिउडको फिल्म ‘म्याट्रिक्स–४’ मा पनि अनुबन्धित हुने तयारीमा छिन् । यो फिल्मका लागि प्रियंकाको अडिसन सम्पन्न भएको र उनीसँग मौखिक सम्झौता भएको निकको कथन छ ।

रिर्चडसँग नयाँ सिरिजमा अनुबन्धित भइसकेकी प्रियंका अहिले अमेजनको यो थ्रिल वेभ सिरिजको काम सुरु गरिसकेकी छन् । यसैक्रममा उनलाई म्याट्रिक्स ४ बाट प्रस्ताव गरिएको हो । सो प्रस्तावमा प्रियंका चयन भएको र अफिसियली रूपमा अनुबन्धित हुन बाँकी रहेको समाचार छ । यसो भयो भने यी अभिनेत्री हलिउडमा स्थापित हुन्छिन् । उनका श्रीमान् निक पनि प्रियंकालाई अमेरिकामै स्थापित गर्न चाहन्छन् ।





प्रतिकृया