• ११ असोज २०८३, आइतबार
  • ११ः१२ बिहान

बाजुरामा जीप र्दुघटना हुँदा पाँच जनाको मृत्यु

प्रकाशित मिति

२०७६ पुष १७ गते, बिहीबार ०४:२५

बाजुरा, बजुराको कालापहडामा जीप र्दुघटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज कोल्टीबाट धुलाचौरतर्फ गइरहेको जीप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।

National Life

बाजुराबाट स्वामीकात्तिक गाउँपालिका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम सिंह साउदले जानकारी दिए अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । से १ ज १०६४ नम्बरको बोलेरो जीप दिउँसो दुर्घटना भएको हो । घटनास्थलमा चारजना घाइते भएका छन् । उनीहरुलाई गम्भीर अवस्थामा उपचारका लागि लगिएको छ ।

साउदका अनुसार सडकबाट करिब ५० मिटर तल कर्णाली नदीको किनारमा जीप देखिएको छ । जीप निकाल्न निकै कठिन छ । स्थानीयवासी पदमराज जैसीका अनुसार दुर्घटनास्थलमा उद्धार भइरहेको छ । घटनास्थल जटिल भौगोलिक अवस्थाको भएकाले उद्धारमा कठिनाई भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया