बेरुजु फर्छ्योटमा उत्कृष्ट काम गरेकोमा आइजीपी खनाल पुरस्कृत
प्रकाशित मिति
२०७६ पुष १७ गते, बिहीबार ०४:१८
काठमाडौँ, गृह मन्त्रालयले बेरुजु फर्छ्योटमा उत्कृष्ट काम गरेकोमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरेको छ । मन्त्रालयमा बिहीबार एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले खनाललाई १० हजार नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गथर्नु भएको छ ।
आर्थिक वर्ष २०७५/०७६ सम्म कायम नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको छ । यसअघि पनि आर्थिक वर्ष २०७४/०७५ पनि नेपाल प्रहरी बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट घोषित भएको थियो ।
यसैगरी, बेरुजु फर्स्योटमा उत्कृष्ट काम गरेको भन्दै मन्त्रालयले अन्य ८ जनालाई पनि पुरस्कृत गरेको छ । गृह मन्त्रालयका अनुसार पुरस्कृत हुनेमा गृह सचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेललाई जनही १० हजार नगदसहित पुरस्कृत हुनुभएको छ ।







प्रतिकृया