• ९ भदौ २०८३, बुधबार
  • १०:३३ बिहान

प्रधानमन्त्री बालेनले आज संसदमा सांसदका प्रश्नको जवाफ दिने

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०९:१५

१० भदौ २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुधबार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ।त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।

Kamana Sewa

यसैबीच बुधबार विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने कार्यक्रम रहेको छ।

Classic Tech Desktop

प्रतिकृया