• २ असोज २०८३, शुक्रबार
  • ७ः२४ बेलुका

सुनसरी घटनामा एमालेको प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार ११:५१

१४ साउन २०८३ काठमाडौं – नेकपा एमालेले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।

National Life

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताइन्।

उनले यति गम्भीर घटना हुँदा प्रधानमन्त्री कहाँ थिए भन्ने प्रश्नसमेत उठाउँदै शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया