• ५ साउन २०८३, मंगलबार
  • ३:०९ बेलुका

पुँजीगत लाभकर बढ्नुअघि घरजग्गा कारोबारमा उछाल, असारमा मात्रै ११ अर्ब ९४ करोड राजस्व संकलन

प्रकाशित मिति

२०८३ श्रावण ४ गते, सोमबार १०:४९

४ साउन २०८३ काठमाडौं- घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा धेरै राजस्व संकलन असार महिनामै भएको हो।

विभागले सार्वजनिक गरेको विवरणअनुसार साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमार्फत लागू हुने भएपछि असारमा कारोबार उल्लेख्य रूपमा बढेको थियो। यही कारण राजस्व संकलन पनि उच्च बनेको विभागको अनुमान छ।

Kamana Sewa

गत आर्थिक वर्षमा असारपछि सबैभन्दा बढी राजस्व वैशाखमा संकलन भएको थियो। वैशाख महिनामा ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको विभागले जनाएको छ। त्यस्तै चैतमा ६ अर्ब १६ करोड, जेठमा ५ अर्ब २४ करोड, पुसमा ५ अर्ब १७ करोड र मङ्सिरमा ४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

Classic Tech Desktop

विभागका अनुसार साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १४ करोड, असोजमा २ अर्ब ७५ करोड र कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो। फागुनमा ४ अर्ब १४ करोड र माघमा ५ अर्बभन्दा बढी राजस्व संकलन भएको विवरणमा उल्लेख छ।

विभागले कोरोना महामारी र २०७२ सालको गोरखा भूकम्पपछि घरजग्गा कारोबारबाट एकै महिनामा सबैभन्दा धेरै राजस्व असारमै संकलन भएको जनाएको छ। यसले कर दर परिवर्तनअघि घरजग्गा किनबेच उल्लेख्य रूपमा बढेको संकेत गरेको छ।

प्रतिकृया