• ३१ भदौ २०८३, बुधबार
  • १०ः५५ राती

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला

प्रकाशित मिति

२०८३ श्रावण ४ गते, सोमबार १०:३७

४ साउन २०८३ काठमाडौं- काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा २५ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्। कोठाभित्रबाट दुर्गन्ध आएपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल माछापोखरीमा बस्दै आएकी निशा सुनुवार हुन्।

National Life

प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक रूपमा उनको हत्या भएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। घटनाको वास्तविक कारण खुलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया