• ३१ भदौ २०८३, बुधबार
  • ६ः४० बेलुका

आज नेपाल आइपुग्दै १,२५० मेट्रिक टन डीएपी मल, थप ३० हजार टन युरिया पनि ढुवानीको तयारीमा

प्रकाशित मिति

२०८३ श्रावण ४ गते, सोमबार ०९:३७

४ साउन २०८३ काठमाडौं-  किसानलाई मल उपलब्ध गराउने अभियानअन्तर्गत आज नेपालमा १ हजार २५० मेट्रिक टन डीएपी (डाइ-अमोनियम फस्फेट) मल आइपुग्ने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डीएपी मल गत जुलाई १० मा भारतको कोलकाता बन्दरगाहमा आइपुगेको थियो।

National Life

त्यसमध्ये पहिलो चरणमा १ हजार २५० मेट्रिक टन मल साउन १ गते नेपालतर्फ ढुवानी सुरु गरिएको थियो, जुन आज नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ। बाँकी डीएपी मल भने हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) गर्ने काम भइरहेको छ। प्याकेजिङ सम्पन्न भएपछि क्रमिक रूपमा नेपाल पठाइने जनाइएको छ।

यस्तै, ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार हाल उक्त मल अनलोडिङ र ब्यागिङको काम भइरहेको छ भने भोलिदेखि एक रेक युरिया मल वीरगञ्जतर्फ पठाउने तयारी गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले खेतीको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति सहज बनाउन आयात तथा ढुवानी प्रक्रियालाई तीव्र बनाएको जनाएको छ।

प्रतिकृया