• ३१ असार २०८३, बुधबार
  • ४:४५ बिहान

अमरेशकुमार सिंहको आह्वान : देश संकटमा छ, सबै दल एकजुट भएर अघि बढौं

प्रकाशित मिति

२०८३ असार ३० गते, मंगलवार १२:५७

३० असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले राज्य संकटमा रहेको र जनतामा निराशा बढ्दै गएको भन्दै सबै राजनीतिक दललाई एकजुट हुन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई एक ठाउँमा ल्याएर राष्ट्रिय मुद्दा तय गर्न सरकारलाई सभामुखमार्फत आग्रह गरे ।

“संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,” उनले भने । सिंहले राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने भन्दै जनतालाई निराश बनाउने गतिविधि नगर्न आग्रह गरे ।

Kamana Sewa

“आज हाम्रो राज्य संकटमा छ । जनतामा नैराश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न भन्ने भाष्य संसद्बाट निर्माण नगरौं,” उनले भने । उनले संसद्मा रहेका दलहरूबीच घोचपेचभन्दा पनि राष्ट्रिय हितका विषयमा सहकार्य आवश्यक रहेको बताए ।

Classic Tech Desktop

“राज्य र जनता रह्यो भने फेरि राजनीति गरौंला । जनता र लोकतन्त्र समाप्त भयो भने हामी कोही रहँदैनौं,” सिंहले भने । सांसद सिंहले यसै साता आत्मदाह प्रयासपछि ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नागरिकमा बढ्दो निराशा कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने धारणा राखे ।

प्रतिकृया