• ३१ असार २०८३, बुधबार
  • ५:२६ बिहान

गणेश नेपाली प्रकरणदेखि होल्डिङ सेन्टरसम्म सरकारको जवाफ माग्दै राई

प्रकाशित मिति

२०८३ असार ३० गते, मंगलवार १२:००

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सुरक्षाघेराभित्र रहेर अनधिकृत गतिविधि गर्ने पात्रहरूको आतंक बढ्दै गएको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सरकारमाथि प्रश्न गर्न नदिने प्रवृत्ति बढेको र लोकतन्त्रलाई संस्थागत हुन नदिने गरी एकपछि अर्को घटना भइरहेको बताएका हुन् ।

“सरकार निरंकुश बन्दै गएको छ। सत्ताउन्मादले हुनुपर्छ,” उनले भने, “सत्तापक्षका सांसदहरूको मुखमा टेप लागेको छ।” मुगुका गणेश नेपालीले रोजेको बाटोबारे उठेका प्रश्नमा सरकारलाई जवाफ माग्दा ‘प्रश्न सोध्ने तँ को होस्?’ भन्ने शैलीमा सरकारी व्यवहार देखिएको राईको आरोप छ ।

Kamana Sewa

उनले सरकारको शैलीलाई हिरण्यकश्यपसँग तुलना गर्दै सरकारमाथि प्रश्न गर्न आफूहरू नडराउने बताए । राईले सुरक्षाघेराभित्र रहेका एक व्यक्तिले सुकुम्बासी होल्डिङ सेन्टरमा बसेका नागरिकलाई धम्क्याउने काम गरेको आरोपसमेत लगाए । होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी तेर्स्याउने प्रकरणबारे सरकार र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्नेमा अरूमाथि दोष थोपरेर उम्कन खोजिएको उनको भनाइ थियो ।

Classic Tech Desktop

उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीमाथि टिप्पणी गर्दै उनलाई ‘श्री ८’ सँग समेत तुलना गरे ।

प्रतिकृया