स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै साविक विजेता अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
प्रकाशित मिति
२०८३ असार २८ गते, आईतवार ०९:३६
२८ असार २०८३ काठमाडौं – साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले सातौँपटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो।
खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता लिए पनि स्विट्जरल्यान्डले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो। निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयमा अर्जेन्टिनाले आक्रामक खेल प्रदर्शन गर्दै थप दुई गोल गर्यो। जुलियन अल्भारेजले ११२औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएपछि अन्तिम समयमा अर्को गोल थप्दै अर्जेन्टिनाले ३–१ को जित पक्का गर्यो।

यस जितसँगै अर्जेन्टिना सातौँपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।




प्रतिकृया