• २९ असार २०८३, सोमबार
  • ३:३० बिहान

म्याक एलिस्टरको गोलमा स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमै अर्जेन्टिनाको अग्रता

प्रकाशित मिति

२०८३ असार २८ गते, आईतवार ०९:१०

२८ असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा निर्णायक गोल गरे। कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई म्याक एलिस्टरले उत्कृष्ट हेडरमार्फत जाली चुमाएका हुन्।

खेलमा स्विट्जरल्यान्डले बल पोजिसनमा केही हदसम्म नियन्त्रण जमाए पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न भने असफल रह्यो। अर्जेन्टिनाले भने सुरुआती अग्रतालाई कायम राख्दै पहिलो हाफ समाप्त गरेको छ।

Kamana Sewa

यस खेलको विजेताले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

Classic Tech Desktop

प्रतिकृया