प्रतिनिधि सभामा उठ्यो गणेश नेपालीको आत्मदाह प्रयासको विषय
प्रकाशित मिति
२०८३ असार २६ गते, शुक्रबार ०१:४६
२६ असार २०८३ काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ।शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले समय माग गर्दै गणेश नेपालीको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले घटनाको गम्भीर छानबिन गर्न, पीडितलाई प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा यस्ता घटनाको कारण बनेका समस्याको समाधानका लागि सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइन्।

त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा सघन उपचार भइरहेको छ। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ भने स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

Related
Recent News
- अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
- सर्लाहीमा आत्मदाह प्रयास गरेका युवालाई हेलिकप्टरबाट काठमाडौं रिफर
- गणेश नेपालीलाई न्यायको माग गर्दै माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
- गणेश नेपालीको घटनाबारे सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
- गणेश नेपालीको मृत्युपछि वीर अस्पतालमा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
- नेप्से सामान्य अंकले घट्यो, कारोबार ६ अर्ब ८६ करोड रुपैयाँ नाघ्यो
- गणेश नेपालीको मृत्युबारे जानकारी लिन गृहमन्त्रीले महानगरका अधिकारीलाई बोलाए
- राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको मृत्यु, विवादमा संलग्न ३ नगर प्रहरी अनुसन्धानमा
- गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइँदै
- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले
Crime
Politics
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण




प्रतिकृया