• २७ असार २०८३, शनिबार
  • १२:५५ बिहान

प्रतिनिधि सभामा उठ्यो गणेश नेपालीको आत्मदाह प्रयासको विषय

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ०१:४६

२६ असार २०८३ काठमाडौं –  काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ।शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले समय माग गर्दै गणेश नेपालीको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले घटनाको गम्भीर छानबिन गर्न, पीडितलाई प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा यस्ता घटनाको कारण बनेका समस्याको समाधानका लागि सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइन्।

Kamana Sewa

त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा सघन उपचार भइरहेको छ। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ भने स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया