• २४ असार २०८३, बुधबार
  • १२:३२ बिहान

एसईई पुरक परीक्षाको नतिजा सार्वजनिक

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार १०:३०

२३ असार २०८३ काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सोमबार प्रकाशित गरिएको हो।

बोर्डका अनुसार पुरक परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी दर्ता भएकामध्ये १ लाख २९ हजार १ सय ९४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन्। परीक्षाफल बोर्डले तोकेका २० वटा संस्थाका वेबसाइट, आइभीआर, एसएमएस तथा यूएसएसडी सेवामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

Kamana Sewa

बोर्डले पुनःपरीक्षण (रीटोटलिङ) का लागि आवेदन असार २५ गतेदेखि ३१ गतेसम्म खुला रहने जनाएको छ। नतिजा प्रकाशनमा कुनै प्राविधिक त्रुटि वा तथ्यगत कमजोरी देखिए आवश्यक छानबिनपछि सच्याइने व्यवस्था पनि गरिएको छ। यस्तै, परीक्षार्थीको नाम, उमेर, ठेगाना लगायत व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित जिल्ला शिक्षा अधिकारीमार्फत सच्याउन सकिने बोर्डले जनाएको छ।

Classic Tech Desktop

यस वर्षको एसईई पुरक परीक्षामा ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

प्रतिकृया