• ११ असोज २०८३, आइतबार
  • १२ः३८ दिउँसो

रास्वपा महाधिवेशन नसकिँदा संसद बैठक फेरि सर्‍यो

प्रकाशित मिति

२०८३ असार १२ गते, शुक्रबार १०:४२

१२ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन जारी रहेपछि प्रतिनिधि सभा बैठक पुनः सूचना टाँसेर स्थगित गरिएको छ। बिहीबारका लागि तय गरिएको बैठक यसअघि आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर, रास्वपाको महाधिवेशनको कार्यक्रम नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।

National Life

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनको भरतपुरमा जारी छ। नेतृत्व चयन तथा निर्वाचन प्रक्रिया लम्बिएपछि महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन सकेको छैन।

रास्वपा संसदीय दलका अधिकांश सांसद महाधिवेशनमा सहभागी रहेकाले प्रतिनिधि सभा बैठक प्रभावित भएको हो। प्रतिनिधि सभामा रास्वपाका १८ सांसद रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया