• १२ असार २०८३, शुक्रबार
  • १२:२४ बेलुका

डेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरले १ हजार ६५० जनशक्ति परिचालन गर्ने

प्रकाशित मिति

२०८३ असार १२ गते, शुक्रबार १०:५३

१२ असार २०८३ काठमाडौं- बर्खा याम सुरु भएसँगै काठमाडौं महानगरपालिकाले डेङ्गी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन १ हजार ६५० जना तालिमप्राप्त जनशक्ति परिचालन गर्ने भएको छ। महानगरको स्वास्थ्य विभागले स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम प्रदान गर्दै असार महिनाभित्रै पहिलो चरणमा सबै वडामा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने तयारी गरेको हो।

तालिमपछि स्वास्थ्य प्रवर्द्धन केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले प्रत्येक वडामा थप ५० जनालाई प्रशिक्षण दिनेछन्। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह तथा अन्य संघसंस्थाका प्रतिनिधिलाई तालिममा सहभागी गराइनेछ। त्यसपछि तालिमप्राप्त जनशक्तिले वडावडामा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने महानगरले जनाएको छ।

Kamana Sewa

स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले मनसुन सुरु भएसँगै डेङ्गीको संक्रमण क्रमशः बढ्दै जाने भएकाले समयमै नियन्त्रणका उपाय अपनाउन आवश्यक रहेको बताए। उनका अनुसार व्यक्ति र परिवार तहबाट अपनाइने सावधानीले डेङ्गी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

Classic Tech Desktop

महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले विगतका अनुभवलाई उपयोग गर्दै समुदायको सहभागितामा डेङ्गी रोकथाम अभियानलाई अझ प्रभावकारी बनाइने बताए।

महानगरले सफा पानी जम्न नदिने, गमला, टायर, पानी राख्ने भाँडा, कौसी तथा वरन्डामा पानी जम्न नदिने र नियमित रूपमा लार्भा नष्ट गर्न नागरिकलाई आग्रह गरेको छ।

प्रतिकृया