नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
प्रकाशित मिति
२०८३ असार १० गते, बुधबार ०३:३१
१० असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा झरेको छ। आज ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटनलगायत अधिकांश समूह राताम्य बनेका छन्।

यद्यपि, फाइनान्स र व्यापार समूहका लगानीकर्ताले भने केही राहत पाएका छन्। यी दुई उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ।

समग्र बजारमा बिक्रीचाप बढ्दा नेप्से दोहोरो अंकले घटेको हो। कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि कायम रहँदा लगानीकर्ताको सक्रियता भने निरन्तर देखिएको छ।
Recent News
- पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद थप
- मुख्यमन्त्री शाहले दिए राजीनामा
- आफ्नै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
- नेप्से बढे पनि कारोबार रकममा सुस्ती
- बोडेको होल्डिङ सेन्टरमा सुकुम्बासीको झुण्डिएको अवस्थामा मृत फेला
- कुमारी बैंकद्वारा शहीद गंगालाल हृदय केन्द्रलाई १० लाख आर्थिक सहयोग
- सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन
- एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
- पाँच महिनापछि स्वदेश फर्किए शेरबहादुर देउवा
- किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल




प्रतिकृया