• ८ असार २०८३, सोमबार
  • १:४१ बिहान

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

प्रकाशित मिति

२०८३ असार ७ गते, आईतवार ११:२१

७ असार २०८३  काठमाडौं – नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६ सय ९० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँ मा कारोबार भएको थियो।

Kamana Sewa

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर परिवर्तन भइरहेकाले खरिद–बिक्री गर्ने उपभोक्ताले दैनिक मूल्य अद्यावधिक गरेर मात्र कारोबार गर्न सुझाव दिइएको छ।

Classic Tech Desktop

प्रतिकृया