• २२ साउन २०८३, शुक्रबार
  • ११:५१ बिहान

आज सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कति ?

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार ११:००

२२ साउन २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ५४५ रुपैयाँ निर्धारण गरिएको छ।

यता, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावसँगै नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

Kamana Sewa

प्रतिकृया