• १५ असोज २०८३, बिहीबार
  • १०ः५६ बिहान

ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको पशुपतिमा अन्त्येष्टि, राष्ट्रिय सम्मानसहित बिदाइ

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार १२:०८

२२ साउन २०८३ काठमाडौं – पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। गुरुङको पार्थिव शरीरलाई धार्मिक परम्पराअनुसार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिएको हो।

National Life

अन्त्येष्टिअघि आयोजित श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी तथा आफन्तजनले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। गृहमन्त्री गुरुङले गुरुङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।

पाकिस्तानको ब्रोड पिक क्षेत्रमा गएको हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित ६ नेपालीसहित १० जना पर्वतारोहीको ज्यान गएको थियो। मृतकमध्ये गुरुङको शव बिहीबार नेपाल ल्याइएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

गोरखाको लाप्राक गाउँका स्थायी बासिन्दा गुरुङ अनुभवी पर्वतारोही थिए। उनले सगरमाथाको १० पटक सफल आरोहण गरेका थिए भने ८ हजार मिटरभन्दा अग्ला हिमालहरू २८ पटक सफलतापूर्वक आरोहण गरेर नेपाली पर्वतारोहण क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थिए।

प्रतिकृया