• २२ साउन २०८३, शुक्रबार
  • १:४८ बेलुका

कुखुराको मासुको मूल्यमा वृद्धि

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार ०१:०५

२२ साउन २०८३ काठमाडौं – कुखुराको मासुको मूल्य उकालो लागेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज शुक्रबारदेखि लागु हुने गरी फेरि मूल्य बढाइएको हो ।

यसअघि प्रतिकिलो २ सय ३० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य १० रुपैयाँले बढाएर २ सय ४० पुर्‍याइएको छ ।

Kamana Sewa

यस्तै तयारी कुखुरा मासुको मूल्य पनि बढेको छ । तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको संघले बताएको छ । यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय १५ रुपैयाँ थियो।

Classic Tech Desktop

पशुसेवा विभागले १ साउनदेखि बर्डफ्लुको संक्रमण नदेखिएको बताएको छ । बर्डफ्लु संक्रमण हटेसँगै कुखुरा मासुको मूल्य बढ्न थालेको हो ।

प्रतिकृया