• २ असार २०८३, मंगलबार
  • १:२५ बिहान

त्रिविको ट्रान्सक्रिप्ट आवेदन अब अनलाइनबाट मात्रै, साउन १ देखि नयाँ व्यवस्था लागू

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार ०२:५३

१ असार २०८३ काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अब अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था लागू गर्ने भएको छ । पनिकाले सोमबार सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तहअन्तर्गत बीए, बीएड, बीएस्सी र बीबीएस कार्यक्रमका ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जनाएको हो ।

परीक्षा नियन्त्रक लक्ष्मण पौडेल का अनुसार साउन १ गतेपछि उल्लेखित कार्यक्रमका ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन । विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक वेबसाइटमार्फत ‘स्टुडेन्ट पोर्टल’ मा गई आवश्यक विवरण भरेर आवेदन दिन सक्नेछन् । आवेदन गर्दा रजिस्ट्रेसन कार्डमा उल्लेख भएअनुसारका विवरण सही रूपमा भर्नुपर्ने र तोकिएको शुल्क अनलाइन प्रणालीबाटै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Kamana Sewa

अनलाइन प्रक्रिया सहज बनाउन परीक्षा नियन्त्रण कार्यालयले ‘अनलाइन ट्रान्सक्रिप्ट एप्लिकेसन म्यानुअल’ समेत उपलब्ध गराएको जनाएको छ । साथै, प्रविधिसम्बन्धी समस्या समाधानका लागि बल्खुस्थित कार्यालयमा हेल्प डेस्क स्थापना गरिएको छ ।

Classic Tech Desktop

पनिकाले विवरण गलत भरेमा युजर आईडी सिर्जना नहुने भएकाले आवेदन दिने क्रममा विशेष सावधानी अपनाउन विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

प्रतिकृया