• २९ जेठ २०८३, शुक्रबार
  • ३:२२ बेलुका

अर्थमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षको विरोध, प्रतिनिधिसभा बैठक प्रभावित

प्रकाशित मिति

२०८३ जेष्ठ २९ गते, शुक्रबार १२:००

२९ जेठ २०८३ काठमाडौं – प्रतिनिधिसभा बैठकमा शुक्रबार पनि प्रतिपक्षी सांसदहरूले विरोध जनाएका छन्। बिहीबार सुचारु भएको संसद बैठक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई लिएर फेरि प्रभावित बनेको हो।

अर्थमन्त्रीले आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलका सांसदहरू बैठकमा उभिएर विरोधमा उत्रिएका हुन्।

Kamana Sewa

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले अर्थमन्त्रीले संसद र समितिको अवमूल्यन गरेको आरोप लगाए। उनले अर्थमन्त्रीले सांसदहरूलाई धम्की दिने शैलीमा अभिव्यक्ति दिएको र करका दर हेरफेर गरेको स्वीकारेकाले संसदीय छानबिन हुनुपर्ने माग गरे।

Classic Tech Desktop

पुनले भने, “अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ, धम्काउने कोसिस भएको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ। सातवटा करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभएको छ। यो आर्थिक अपराध हो। उल्टो धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ। यसले संसदको मानहानी भएको छ। सभामुखबाट रुलिङ हुनुपर्छ र संसदीय छानबिन गरिनुपर्छ।”

बिहीबार सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्षित गर्दै “तपाईंहरूको काण्डबारे पनि अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्” भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले आपत्ति जनाउँदै संसदमा विरोध जारी राखेका छन्।

प्रतिकृया