• ५ असोज २०८३, सोमबार
  • १२ः३० राती

समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता, ऋणीबाट रकम असुली जारी

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार १०:४१

१९ साउन २०८३ काठमाडौं –समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका दुई सहकारी संस्थाका ३४१ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३४१ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्।

National Life

मन्त्रालयका अनुसार समितिले साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरेको छ। ऋणीबाट असुल गरिएको रकमलाई नै पीडित बचतकर्ताको बचत फिर्ता गर्न प्रयोग गरिएको जनाएको छ।

सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट रकम असुली गर्ने र त्यसबाट प्राप्त रकम बचतकर्तालाई क्रमिक रूपमा फिर्ता गर्ने प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस प्रक्रियामार्फत सहकारीमा बचत फसेका पीडितहरूले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया