• ३० भदौ २०८३, मंगलबार
  • ४ः१२ बिहान

अनुभवी नेतासँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोक्यो? : प्रचण्ड

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार ०१:५२

१४ साउन २०८३ काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई विगतका अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूसँग संवाद गर्न आग्रह गरेका छन्।

National Life

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले मुलुकका जटिल समस्या समाधान गर्न अनुभवको उपयोग आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई अनुभवी व्यक्तिहरूसँग छलफल गर्न के ले रोकेको भन्ने प्रश्न उठाए।

प्रचण्डले नेपालमा लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लामो संघर्ष गरेका नेताहरूको अनुभवबाट सरकारले लाभ लिनुपर्ने बताए। उनले भ्रष्टाचारविरुद्धको अभियान सफल बनाउन पनि विगतका अनुभव आदानप्रदान गर्न सकिने धारणा राखे।

Classic Tech Mobile
Classic Tech Desktop

उनले प्रधानमन्त्रीले अनुभवी व्यक्तिहरूसँग संवाद नगर्नुको कारण अहंकार वा ‘म मात्रै पर्याप्त छु’ भन्ने सोच भए त्यो दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे।

प्रतिकृया