• १४ साउन २०८३, बिहीबार
  • ३:२४ बेलुका

देवानगञ्ज घटनापछि सिरहामा अनिश्चितकालीन कर्फ्यु

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार ०१:५९

१४ साउन २०८३ काठमाडौं – सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि सिरहामा अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आदेशबाट बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो।

Kamana Sewa

कर्फ्यु गोलबजार नगरपालिकाको पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा लागू गरिएको छ। यस अवधिमा उक्त क्षेत्रमा आवतजावत, भेला तथा गतिविधिमा पूर्ण रोक लगाइएको छ।

Classic Tech Desktop

प्रशासनले कर्फ्युसँगै सडक तथा बजार क्षेत्रमा सुरक्षा तैनाथीसमेत थप कडा बनाएको जनाएको छ।

प्रतिकृया