• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षा, तराईमा तातो लहरको सम्भावना

प्रकाशित मिति

२०८३ जेष्ठ १० गते, आईतवार ०९:२८

१० जेठ २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । विभागका अनुसार अहिले देशभर सामान्यदेखि आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Kamana Sewa

त्यस्तै, मधेश प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्न सक्ने चेतावनी दिएको छ । साथै मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको जनाएको छ ।

Classic Tech Desktop

आज राति भने कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ ।

प्रतिकृया