• ४ साउन २०८३, सोमबार
  • ३:५० बिहान

नेपालको वैदेशिक व्यापार १९ खर्ब नाघ्यो, व्यापार घाटा अझै उच्च

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार ०२:१५

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालले कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभाग ले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयात अत्यधिक भएकाले व्यापार घाटा अझै उच्च रहेको देखिएको छ ।

समीक्षा अवधिमा नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.८२ प्रतिशतले वृद्धि हो । त्यसैगरी निर्याततर्फ २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन १४.२५ प्रतिशतले वृद्धि हो ।

Kamana Sewa

तर आयातको तुलनामा निर्यातको हिस्सा निकै कम रहेकाले व्यापार असन्तुलन अझै गहिरिएको छ । यस अवधिमा व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ ।

Classic Tech Desktop

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१७ प्रतिशत र निर्यातको हिस्सा १२.८२ प्रतिशत रहेको तथ्यांकले नेपालको अर्थतन्त्र अझै आयातमुखी रहेको देखाएको छ ।

प्रतिकृया