• ४ साउन २०८३, सोमबार
  • २:२६ बिहान

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार १२:१४

१५ चैत,२०८२ काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार काठमाडौंको धुम्बराहीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा शर्मालाई नियन्त्रणमा लिइएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Kamana Sewa

प्रतिकृया