• १७ असोज २०८३, शनिबार
  • ३ः१९ राती

गैंडाकोटमा भीषण दुर्घटना, तीन गाडी आपसमा ठोक्किए

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०९:३६

१६ चैत,२०८२ काठमाडौं – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिक आज बिहान भयानक सवारी दुर्घटना भएको छ। आज बिहान करिब ६:४५ बजे भएको दुर्घटनामा बस, ट्रक र हात्तीगाडी एकआपसमा ठोक्किँदा चालकसहित ११ जना घाइते भएका छन्।

National Life

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी अनिल पण्डितका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।

दुर्घटनामा ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ, बस चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ४१ वर्षीय मोहनसिंह बलामी मगर र हात्तीगाडी चालक चितवनको भरतपुर महानगरपालिका–१२ का ३३ वर्षीय दर्शन काप्री घाइते भएका छन्। प्रहरीका अनुसार काप्रीको छातीमा चोट लागेको छ भने बस र ट्रक चालकका दुवै खुट्टामा चोट लागेको छ। तीनै जनाको अवस्था मध्यम रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी बसमा सवार अन्य ८–९ जना यात्रु पनि सामान्य घाइते भएका छन्। सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया