• १७ असोज २०८३, शनिबार
  • ३ः५९ राती

ओली–लेखकको रिहाइ माग गर्दै दायर रिटमाथि आज सुनुवाइ

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०९:४६

१६ चैत,२०८२ काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ। ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले रिट दायर गरेकी हुन् भने लेखकको तर्फबाट यशोदा लेखकले सर्वोच्चमा निवेदन दिएका छन्।

National Life

रिटमा कानुन विपरीत दुवै नेतालाई प्रहरी हिरासतमा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गरिएको छ।

यसअघि आइतबार जिल्ला अदालत काठमाडौंले ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा प्रहरीले शनिबार दुवै जनालाई पक्राउ गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेका ओली उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएका छन् भने लेखक प्रहरी हिरासतमा रहेका छन्।

प्रतिकृया