• ४ साउन २०८३, सोमबार
  • ७:३६ बेलुका

आज बस्दै मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०९:५५

१६ चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको र हाल त्यसको कार्यान्वयन प्रक्रियामा जुटिरहेको छ। सो कार्यसूचीलाई प्रभावकारी रूपमा अघि बढाउने विषय पनि बैठकमा छलफल हुने बताइएको छ।

Kamana Sewa

यस्तै, जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको सन्दर्भमा उत्पन्न पछिल्ला राजनीतिक तथा कानुनी अवस्थाबारे पनि बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए।

Classic Tech Desktop

सरकारले अन्य मुद्दामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी राखेको छ। मन्त्रिपरिषद् बैठकमा यी विषयसहित सरकारका नियमित कामकारबाहीबारे समेत छलफल हुने बताइएको छ।

प्रतिकृया