ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
प्रकाशित मिति
२०८२ चैत्र १५ गते, आईतवार ०५:५७
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले प्रहरीलाई दुवै जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।
चैत १४ मा पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो। उनीहरूमाथि भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा दमन गर्दै किशोरमाथि घातक हतियार प्रयोग गरेर गोली चलाउने आदेश दिएको आरोप लागेको छ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकसहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले ‘ज्यान सम्बन्धी कसुर’ अन्तर्गत अनुसन्धान गरिरहेको छ।

जेनजी प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान अघि बढाइएको छ।




प्रतिकृया