• १७ असोज २०८३, शनिबार
  • ३ः५९ राती

सम्पत्ति छानबिन विषयमा पहिलेदेखि आफूले नै उठाएको हो : प्रचण्ड

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ०५:४९

१५ चैत,२०८२ काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले सार्वजनिक ओहदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूले नै अघि सारेको बताएका छन्।

National Life

संसदीय दलको बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको हालको निर्णयप्रति तत्काल प्रतिक्रिया नभएको बताए। उनले बाँकी विषय अध्ययन गरेपछि मात्र धारणा दिने उल्लेख गरे।

प्रचण्डले प्रधानमन्त्री, सरकारी कर्मचारी तथा राज्यका निकायमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने कुरा विगतदेखि आफूले उठाउँदै आएको बताए। साथै, सरकारले कानुनसम्मत रूपमा गरेका कामप्रति आफ्नो दलको समर्थन रहने संकेत गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया