• १७ असोज २०८३, शनिबार
  • ३ः५९ राती

विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् : गृहमन्त्री गुरुङ

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ०५:१९

१५ चैत,२०८२ काठमाडौं – गृहमन्त्री सुधन गुरुङले आगामी मनसुनमा विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था बनाउन निर्देशन दिएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै उनले विपद् पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनलाई प्रभावकारी बनाउन जोड दिए।

National Life

विगतमा पूर्वतयारी र समयमै प्रतिकार्य नहुँदा जनधनको क्षति भएको उल्लेख गर्दै अब यस्तो हुन नदिन निर्देशन दिए। उनले विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक शिक्षा कलेज तहसम्म पाठ्यक्रममै समावेश गर्न शिक्षा मन्त्रालयमा प्रस्ताव लैजान प्राधिकरणलाई आग्रह गरे। साथै, मनसुनअघि नै सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न र उच्च जोखिम क्षेत्रहरूमा तत्काल तयारी गर्न पनि निर्देशन दिएका छन्।

प्रतिकृया