• ४ साउन २०८३, सोमबार
  • १:२८ बिहान

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ०९:२७

११ चैत,२०८२ काठमाडौं- देशभर अहिले पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसका कारण कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया बदली भएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

Kamana Sewa

यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

Classic Tech Desktop

आज राति भने सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

प्रतिकृया