• ३ साउन २०८३, आइतबार
  • ५:३६ बेलुका

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही, केहीलाई जरिवाना, एक ब्रोकर निलम्बन

प्रकाशित मिति

२०८२ चैत्र १० गते, मंगलवार १२:२३

१० चैत,२०८२ काठमाडौं- नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीमाथि कारबाही गरेको छ। प्राधिकरणका अनुसार कानुनी व्यवस्था विपरीत कार्य गर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर रहेका छन्।

प्राधिकरणका प्रवक्ता पुजन ढुङ्गेल का अनुसार नेपाल पुनर्बीमा कम्पनी का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लाई संस्थागत सुधारका लागि सचेत गराउने प्रकृतिको कारबाही गरिएको छ।

Kamana Sewa

त्यसैगरी एलियन्ट इन्स्योरेन्स ब्रोकर लाई नियमविपरीत कार्य गरेको पाइएकाले तीन महिनाका लागि निलम्बन गरिएको छ। अन्य बाँकी बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनअनुसार जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।

Classic Tech Desktop

बीमा ऐनको दफा १३८(४) अनुसार प्राधिकरणको निर्देशन उल्लङ्घन गरेमा सम्बन्धित निकायलाई २ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। पहिलो पटक उल्लङ्घन गर्नेलाई २ लाख, दोस्रो पटक २५ लाख र तेस्रो वा सोभन्दा बढी पटक उल्लङ्घन गरेमा प्रत्येक पटक ५० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ। प्राधिकरणले यसपटक पहिलो उल्लङ्घनका रूपमा सम्बन्धित कम्पनीहरूलाई सोहीअनुसार कारबाही गरेको जनाएको छ।

प्रतिकृया